हेटौंडा – कांग्रेस प्रदेश अधिवेशनका लागि मतदानअघि उम्मेद्वारहरु  व्यस्त भएर प्रचार प्रसारमा उत्रिएका छन् । वाग्मती कांग्रेस सभापतिका लागि इन्द्र बानियाँका पक्षधरले नाचगानसमेत गरेका छन् । समर्थकको उत्साह देख्दा बानियाँले चुनाव जित्न सक्ने पूर्वानुमान गर्न सकिन्छ ।


ADVERTISEMENT


यता सभापतिमा जगदीश्वरनरसिंह केसी र भीमसेनदास प्रधान पनि मैदानमा छन् । हेटौंडा १० वन विज्ञान अध्ययन संस्थानको खेल मैदानलाई मतदान स्थल तोकिएको छ । मतदानस्थल वरपर तीनै उम्मेद्वारको प्रचारशैली आक्रामक छ। पार्टी सभापति शेरबहादुर देउवा पक्षधर बानियाँको प्रचारशैलीले उनले चुनाव जित्ने आकलन गर्न सकिन्छ । बानियाँका पक्षधर शुक्रवार नाचगानमासमेत उत्रेका थिए ।


ADVERTISEMENT

# # #


घर यता वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता केसी र प्रधान पनि मत माग्न उत्तिकै सक्रिय छन् । घाँटीमा उम्मेद्वारको नामवली बोकेर तीनै प्रत्यासीका समर्थक यतिबेला मत माग्न व्यस्त देखिन्छन्।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता केशबप्रसाद काफ्लेका अनुसार विभिन्न १० वटा मतदान स्थल बनाएर मतदान गरिने व्यवस्था गरिएको छ। ९ बजेबाट मतदान सुरुहुने कार्यतालिका भएता पनि समय हेरफेर हुने जनाइएको देखिन्छ। मतपत्र छाप्ने तथा उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गर्न बाँकी नै रहेको काफ्लेले बताए।