काठमाडौँ – समृद्धि फाइनान्स लगायतका विभिन्न संघ संस्थाहरुको सहभागितामा पोखरामा अपाङ्गतासम्बन्धी र्‍याली तथा अन्य कार्यक्रम गरिएको छ ।


ADVERTISEMENT


शुक्रबार राष्ट्रिय अपाङ्गग महासंग नेपाल, गण्डकी प्रदेश तथा शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय, पोखराको संयुक्त आयोजनामा प्रभातफेरी कार्यक्रम गरिएको हो ।


ADVERTISEMENT

# # #


कार्यक्रममा अपाङ्गता सम्बन्धी जनचेतना जगाउनका लागी पर्चा तथा पम्प्लेट वितरण गरिएको थियो । साथै उक्त अवसरमा विभिन्न खेलकुद प्रतियोगगताहरु पनि आयोजना गरिएको थियो ।

हाल पाँच वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको उक्त संस्थाले आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ । निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसाय कर्जा, व्यक्तिगत कर्जा, कोभिड रिलिफ कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ ।

साथै निकट भविष्यमा इन्टरनेट बैंकिङ्ग तथा अनलाइनबाटै ग्राहक पहिचान विवरण भर्ने लगायतको प्रविधिमा आधारित सेवाहरु पनि संचालनमा ल्याउँदैछ ।