काठमाडौं – गरिमा विकास बैंक लिमिटेडले वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा ७ वर्षका लागि मिति २०७८÷०८÷१६ गते विहिवार देखि प्रति कित्ता १००० रुपैया अंकित मूल्यका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ ।


ADVERTISEMENT


सो मध्ये ४० करोड रुपैयाँ वरावरको ४ लाख कित्ता सर्वसाधारणहरुलाई बिक्री गरिनेछ (जसमध्ये ५ प्रतिशत अर्थात् २० हजार कित्ता सामुहिक लगानि कोषका लागि छुट्याईएको छ) भने बाँकी ६० करोड रुपैँया बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने छ ।


ADVERTISEMENT

# # #


गरिमा डिवेन्चर २०८५ को आवेदन खुल्ला छिटोमा मंसिर २० गते सम्म र सो अवधिमा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि पुष १ गते सम्म हुनेछ । इक्रा नेपालले बैँकलाई ICRANP RI BBB क्रेडिट रेटिङ प्रदान गरेको छ ।

लगानी कर्ताले न्यूनतम २५ कित्ता देखि अधिकतम १ लाख कित्ता सम्म सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट खरिदका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । उक्त ऋणपत्रको निष्काशन तथा विक्री प्रबन्धकको रुपमा एनआईविएल एस क्यापिटल लि. रहेको छ । ऋणपत्र सम्बन्धि विस्तृत जानकारी विकास बैंकको वेबसाईटमा हेर्न सकिने छ ।