रसुवा – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रसुवामा भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । सोमबारदेखि सुरु भएको प्रदेश, प्रतिनिधिसभा र जिल्लाको अधिबेशनमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो ।


ADVERTISEMENT


नेपाली कांग्रेस रसुवाको सभापतिमा पेम्बाछिरिङ तामाङ पुन दोहोरिएका छन्। संस्थापन निकट तामाङ सर्वसम्मत जिल्ला सभापतिमा चयन भएका हुन् । त्यसैगरी उपसभापतीमा ओम प्रसाद आचार्य, फुर्वावाङ्दी तामाङ, सचिबमा उत्तम थापा, लक्ष्मण देवकोटा र सहसचिवमा पासाङ तितुङ र लक्षिण छिरिङ तितुङ सर्वसम्मत चयन भएका छन् ।


ADVERTISEMENT

# # #


अधिवेशनबाट केन्द्रीय महाधिबेशन प्रतिनिधिमा २६ जना सर्वसम्मत चयन भएका छन् । जसमा प्रतिनिधिसभा सांसद ई। मोहन आचार्य, लामाकार्पू तामाङ, प्रेम तामाङ, प्रभात तामाङ, सुनौऔदी तामाङ, मंगले तामाङ, उपेन्द्र लम्साल, केदार प्रसाद देवकोटा (कुमार), राजु तितुङ, हरिकृष्ण देवकोटा, दावा मेन्दो तामाङ, चन्द्रकुमारी पनेरु, सार्किबुट्टी तामाङ, सुनितामाया गुरुङ, डुदार्के तामाङ, छिरिङ फिन्जो लोप्चन, शुक्रबहादुर थिङ तामाङ, पर्सादो तामाङ, निर्मला श्रेष्ठ, कारी तामाङनी, लालुमाया घले, सिता तामाङ, शशि अधिकारी, सरला देवकोटा, नुर्बूसाङ्बो घले र अनिल भुषाल छन् ।

त्यसैगरि, नेपाली कांग्रेस रसुवा प्रदेश सभा क्षेत्र ‘क’ को सभापतिमा श्याम कुमार गुरुङ सर्वसम्मत चयन भएका छन् । उपसभापतीमा रिक्चेन तामाङ, राजकुमार घले, सचिबमा एमबी लामा थोक्रा, तारानाथ पौडेल र सहसचिबमा राजु तामाङ र बिशाल घले सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरी, नेपाली कांग्रेस रसुवा प्रदेश सभा क्षेत्र ‘ख’ को सभापतिमा बुचुङ तामाङ सर्वसम्मत चयन भएका छन् भने उपसभापतिमा लाक्पा कामी तामाङ, सिंगी लामा, सचिबमा निलनाथ आचार्य, खुवाबहादुर तामाङ, सहसचिबमा सुदिप गुरुङ र राजु तामाङ सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरी प्रदेश सभा क्षेत्र नम्बर ९क० को क्षेत्रिय अधिबेशनका लागि प्रदेश प्रतिनिधिमा जयराम देवकोटा, तेम्पानुर्पू तामाङ, डिलबहादुर मोक्तान, प्रशुन राज गुरुङ, ओमबहादुर घले, दावा ग्याल्सेन तामाङ, अनिल थिङ तामाङ, अन्जिता तामाङ, अमृता पौडेल, बिबिरानी तामाङ, फुर्पू ग्याम्जो तामाङ, कामी सिदार तामाङ, कुमार ग्याम्दाङ, सानुमाया तितुङ, कर्मो तामाङ, दुर्गानाथ न्यौपाने ‘बलराम’, भोजबहादुर बिक, गोरमेन नेकोर तामाङ सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरी प्रदेश सभा क्षेत्र नम्बर ९ख० को क्षेत्रीय अधिवेशनका लागि प्रदेश प्रतिनिधिमा ईश्वरलाल श्रेष्ठ, बुद्धि बहादुर ढकाल, सुनिल कुमार पौडेल, सुदर्शन कुमार पौडेल, निर्मल बिक्रम गोले, धनबहादुर गुरुङ, अभिनाश तामाङ, मनकला थापा मगर, शेषकुमारी अधिकारी, सोनाम घले, मकर कुमार तामाङ, उदय लामा, बिद्या लक्ष्मी श्रेष्ठ, उचिमाया तामाङ, रमेश कुमार न्यौपाने, सुमित्रा पौडेल, साङतेम्पा तामाङ घले र प्रेमबहादुर बि।क सर्वसम्मत चयन भएका छन् ।

एक मात्र निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला रसुवामा वडा अधिबेशन सम्पन्न भए पश्चात अधिबेशन रोकिएको थियो । पुन नयाँ निर्वाचन अधिकृत तोकिएर आएसँगै जिल्लामा अधिवेशनको प्रक्रिया अघि बढाइएको थियो । सहमतिमा मंगलबार जिल्ला, प्रदेश, र महाधिबेशन प्रतिनिधिहरु निर्विरोध चयन भएका हुन् ।