काठमाडौं – दसौं महाधिवेशनबाट निर्वाचित नेकपा एमालेको केन्द्रीय कमिटीको पहिलो बैठक महाधिवेशन स्थल चितवनको सौराहामै बसेको छ ।


ADVERTISEMENT


निर्वाचनबाट चुनिएका पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथ ग्रहण कार्यक्रम सकिनासाथ एमाले केन्द्रीय कमिटीको बैठक सौराहास्थित होटल सेभेन स्टारको सम्मेलन कक्षमा बसेको हो।


ADVERTISEMENT

# # #


करिब आधा घण्टा बसेको नवनिर्वाचित एमाले केन्द्रीय कमिटीको पहिलो बैठकले अर्को बैठक यही मंसिर २५ गते काठमाडौंमा बस्ने र त्यसबाट स्थायी, पोलिटब्युरो कमिटी गठन तथा नेताहरूको कार्य विभाजन गर्ने निर्णय गरेको छ।

साथै बैठकले महाधिवेशनमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै सम्पन्न दसौं महाधिवेशनबारे जानकारी गराउन देशभर कार्यक्रम गर्ने निर्णय पनि गरेको नेताहरूले बताएका छन् ।

बैठक सकिएपछि केही नेता घर फर्किए भने बाँकी सौराहामै बसेका छन् । अध्यक्ष ओलीलगायत शीर्ष नेताहरू आज (बुधबार) त्यहाँबाट फर्किने कार्यक्रम छ। यही मंसिर १० गते उद्घाटन गरिएको एमाले महाधिवेशन निर्धारण गरिएको भन्दा २ दिन लम्बिएर मंगलबार सम्पन्न भएको हो ।