काठमाडौं – विश्वभर ५ लाख ६८ हजार ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा ४ लाख ७६ हजार ५८३ संक्रमित निको भएका छन् भने ७ हजार ४१० जना संक्रमितको मृत्यु भएको छ ।


ADVERTISEMENT


थपिनेमा अमेरिकामा ९१ हजार ५००, फ्रान्समा ४७ हजार १७७, जर्मनीमा ५५ हजार ८८०, बेलायतमा ३९ हजार ७१६, रुसमा ३२ हजार ६४८ र टर्कीमा २५ हजार २१६ जना छन् ।


ADVERTISEMENT

# # #


संक्रमणमुक्त हुनेमा अमेरिकामा ७४ हजार १००, जर्मनीमा ४० हजार ५००, बेलायतमा ३६ हजार ७८८, रुसमा ३३ हजार ४४२, टर्कीमा २४ हजार ४९८ रहेका छन् ।

यही अवधिमा कोरोनाबाट मृत्यु हुनेमा रुसका एक हजार २२९ जना, अमेरिकमा एक हजार २४१, जर्मनीमा ४८५, युक्रेनमा ५६१, पोल्याण्डमा ५६१, ब्राजिलमा ३२६ र टर्कीमा २०७ जना छन् ।