काठमाडौँ – कार्यक्रममा नेता गगन थापाले नेकपा एमालेको महाधिवेशनका नाममा चितवनको नारायणी किनारमा ओलीवेशन भइरहेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


शनिबार काठमाडौंमा आफूपक्षीय जिल्ला सभापतिका उम्मेदवार कृष्ण(सबुज) बानियाँको उम्मेदवारी घोषणासभामा बोल्दै नेता थापाले त्यहाँ सबै बाका छोराछोरीहरू मात्रै रहेको र नारायणी किनारमा अधिवेशन नभइ ओली बाको पाउमा तेल राम्रोसँग दल्न कसले सक्दछ भन्ने प्रतिस्पर्धा भइरहेको तर्क गरे ।


ADVERTISEMENT

# # #


नेता थापाले कांग्रेसको जिल्ला अधिवेशनबारे ठाउँ–ठाउँका समाचार आउँदै गर्दा नआत्तिन आग्रह गर्दै आपसमा मतभेद र मतान्तर हुने भएकाले कुशल नेतृत्व चयन गर्न सक्नुपर्ने तर्क गरे । नेता थापाले १४ औँ महाधिवेशनले पार्टीको नेतृत्व परिवर्तन गर्न सक्नुपर्ने बताउदै पार्टीको नेतृत्व बगेको नदीजस्तै हुनुपर्ने तर्क गरे ।

कार्यक्रममा जिल्ला सभापतिका उम्मेदवार कृष्ण(सबुज) बानियाँले आफूलाई जिताउन आग्रह गरे । उनले वितमा पनि नेपाली काँग्रेलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

उनले आफूले विगतमा गरेको कार्यसम्पादनको मूल्यांकन भएको तर्क गरे । काठमाडौंमा सभापतिका लागि पूर्वमहामन्त्री प्रकाशमान सिंह र युवा नेता गगन थापाको गठबन्धन बनेको छ भने त्यसविरुद्व सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला समूहबीच गठबन्धन बनेको छ ।