• उदयशमशेर राणा, प्रतिनिधि सभा प्रत्यक्ष उमेद्वार, ललितपुर क्षेत्र नम्बर १

नेपाली कांग्रेसका युवा नेता उदय शम्शेर राणा छोटो समयमै राजनीतिमा स्थापित थोरै राजनीतिज्ञ मध्येका एक नेता हुन्। पार्टीभित्र मात्र होइन, उदय शम्शेर पछिल्लो समय राष्ट्रिय राजनीतिमासमेत आफूलार्इ स्थापित गराउँदै गराएका छन्। अर्थराज्यमन्त्री उदयसँग राजनीतिबाहेक अन्य अनेकौँ विकल्प नभएका होइनन्। राजनीतिक र राजनीतिज्ञ बारे समाजमा खासै राम्रो धारणा नभएपनि उनले भने राजनीतिलार्इ नै रोजे। सारा विद्यार्थी जीवन देशबाहिर विताएका उदयको बुझार्इ थियो, राजनीतिमा पढेलेखेका र बाहिरी विश्वलार्इ बुझेका व्यक्ति नआएसम्म देश विकास सम्भव हुँदैन। इतिहाँसमा स्नातक र अन्तर्राष्ट्रिय सम्बन्ध’मा मास्टर्स गरेका उदयले राजनीति रोजे र राजनीतिमा उदाउँदै गएका छन् उनी।


ADVERTISEMENT


उदयलार्इ राजनीतिमा ल्याइदिने श्रेय उनका बाबु, कांग्रेस नेता सागरशमशेरलार्इ नै जान्छ। बुबाकै राजनीतिक सक्रियताको पिछा गर्दागर्दै उदयलार्इ पनि राजनीतिको रस लागिसकेको थियो। यो २०४६ सालको कुरा हो । त्यतिवेला उदय दिल्ली विश्वविद्यालयमा पढिरहेका थिए । यता, पञ्याचयतविरुद्ध देशमा आन्दोलन सुरु भइसकेको थियो । एक दिन बुबासंगै पार्टी कार्यालय जाने क्रममा उनको भेट नेविसंघका तत्कालीन दुई नेता, अर्जुन थापा र बालकृष्ण खाँडसंग भयो। अर्जुन थापाले नै उनलार्इ राजनीतिमा लाग्न एक प्रकारले दवाव दिए। पार्टी कार्यालयमा एकै छिनको बसार्इमा थापा र खाँडले उनलार्इ नेविसंघको कार्यकर्ता बनाउँदै एक पत्र हातमा थमाए। जसमा लेखिएको थियो, ुतपाईंलाई नेविसंघ, दिल्ली विश्वविद्यालयको अध्यक्षमा मनोनीत गरिएको छ।ु यहीबाट सुरु भयो उनको राजनीतिक यात्राको औपचारिक थालनी। त्यसपछि उनी आफ्ना बुबासंगै राजनितिक गतिविधिमा पनि सक्रिय हुन थाले।


ADVERTISEMENT

# # #


२०४८ सालको मात्र होइन, २०५१ सालको मध्यावधि निर्वाचनमा पनि उदय खटे। बुबासंगै ललितपुरका गाउँगाउँ पुगे उनी। परिवारले पनि उनको राजनीतिक यात्रामा असहयोग गरेन। अमेरिकामा अध्ययन पुरा गरेर जागिरसमेत सुरु गरिसकेका उदयको रस राजनीतिमा बसिसकेको थियो। अमेरीकाको जागिर र बसार्इ त्याग्दै राजनीतिमा लाग्ने संकल्पका साथ स्वदेश फर्किए। र, नेविसंघको राजनीतिमा आफूलाई होमे । त्यसको केही समयपछि नेपाली कांग्रेसले तरुण दल गठन गर्‍यो । उदय ललितपुर तरुण दलको पहिलो अध्यक्ष बने। यसले उनको राजनीतिक सक्रियतालार्इ झनै बढायो।

त्यही समयमा सोसलिस्ट इन्टरनेसनलको सम्मेलन इटालीमा हुँदै थियो। उनलार्इ त्यहाँ जान त मन थिएन तर किसुनजीको आग्रहले उनका लागि त्यहाँ जानैपर्ने बाध्यता भयो । उनलार्इ राजनीतिमा ल्याएका अर्जुन थापाले सागर शमशेरको छोरो उदय सोसलिस्ट इन्टरनेसनलको सम्मेलनका लागि उपयुक्त हो, तर ऊ जान्न भनिरहेको छ भन्दै किसुनजीलार्इ भन्नुभएछ, त्यसपछि किसुनजीले उनलाई बोलाएर इटाली जान भने। उनी इटाली गए र त्यही अधिवेशनबाट उपाध्यक्षमा चुनिए ।

तरुण दलको जिल्ला अध्यक्ष हुँदै केन्द्रीय अध्यक्षसम्म बनिसकेका छन् उदय। क्षेत्र नं १का निवर्तमान सांसद उदय अहिले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि त्यही क्षेत्रबाट चुनाव लड्दै छन्। पहिलो पटक २०६४ सालको संविधान सभा निर्वाचनमा उम्मेदवार बनेका उदय झिनो मतले पराजित भए। उनी संविधानसभाको दोस्रो निर्वाचनमा फराकिलो मतान्तरले विजयी भए। चार बर्ष सांसद रहेर एक महिना अघि मात्र निर्वतर्मान भएका उदय यतिबेला अर्थराज्यमन्त्री छन्। महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका उदय आसन्न निर्वाचनमा आफ्नो जित सुनिश्चित भएको दावी गर्छन्। चार बर्षमा आफूले गरेका विकासका कामहरु नै आफ्नो विजयका आधार भएको उनी बताउँछन्। २०४८ सालदेखि २०६४ सालसम्म २५ बर्षको अवधिमा भएका चार निर्वाचनबाट निर्वाचित चार सांसदभन्दा आफूले चार बर्षमै दश गुणा विकास गरेको उदय बताउँछन् र उनको विश्वास पनि यही छ कि, मैले गरेका कामहरुबारे त्यहाँका बासिन्दा जानकार छन् र ललितपुरको थप विकास र समृद्धिका लागि पनि मतदाताले आफूलार्इ फेरी जिम्मेवारी दिनेछन्।