काठमाडौँ – नेकपा एमालेका युवा नेता शेरधन राईले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनका लागि सचिव पदमा उठ्ने घोषणा गरेका छन् ।


ADVERTISEMENT


एमाले प्रदेश नं. १ का सह–इन्चार्ज समेत रहेका राईले भोलिदेखि चितवनमा हुने राष्ट्रिय महाधिवेशनका लागि सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् । प्रदेश नं. १ का पूर्वमुख्यमन्त्री समेत रहेका राईले भने, ‘सचिव पदमा उम्मेदवारी दिने तयारी गरेको छु ।’


ADVERTISEMENT

# # #


एमालेको विधानले सात जना सचिवको व्यवस्था गरेको छ । यसपटक सचिवमा धेरैजनाको उम्मेदवारी पर्ने देखिएको छ । केही दिन अघि महेश बस्नेत र योगेश भट्टराईले सचिवमा उम्मेदवारी घोषणा गरेका थिए ।