काठमाडौँ – छिमेकी मुलुक भारतले नेपाललाई पाँच वटा ‘वर्कशप ट्रक अनुदान मार्फत उपलब्ध गराएको छ ।


ADVERTISEMENT


वि.सं २०७५ मंसिर २८ गते काठमाडौँमा सम्पन्न नेपाल–भारत द्विपक्षीय परामर्श समूहको १३ औं बैठकमा सहमती भए बमोजिम भारतले  बिहिवार जंगी अड्‍डामा आयोजित एक कार्यक्रमबीच सो ट्रक हस्तान्तरण गरेको हो ।


ADVERTISEMENT

# # #


अनुदानको उक्त ट्रक भारतीय सैनिक कर्णेल अमित शर्माले हतियार तथा नियन्‍त्रित उपकरण व्यवस्था निर्देशनालयका निमित्त निर्देशक सहायक रथी कृष्णदेव भट्टलाई हस्तान्तरण गरेका छन् ।

नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको सो कार्यक्रममा निर्देशक भट्टले यस किसिमको सहयोगले दुई देशबीचको सैनिक सम्बन्ध थप मजबुद एवं प्रगाढ हुनुका साथै नेपाली सेनाको अप्रेशनल क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।