काठमाडौँ – व्यवसायी दुर्गा प्रसाईले एमाले पदाधिकारीमा उठ्ने तयारी थालेका छन् । भोलि (शुक्रबार)देखि चितवनमा हुने एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा आफूले पदाधिकारीमा उठ्ने तयारीमा रहेको प्रसाईले हिमालय पोष्टलाई बताए ।


ADVERTISEMENT


उनले एमाले नेता कार्यकर्तालेले आफूलाई पदाधिकारीमा उठ्न सुझाव दिइरहेको र त्यसै अनुसार छलफल थालेको बताए । यद्दपी उनले कुन पदका लागि उठ्ने भन्ने टुंगो लाग्न बाँकी रहेको जानकारी दिए । ‘साथीहरुले मलाई पदाधिकारीमा नै उठ्न सुझाव दिइरहनु भएको छ ।’ प्रसाईले भने, ‘म त्यसै अनुसार छलफलमा छु । केही काम्रेडहरुले सचिवमा उठ्नु पर्छ भनिरहनु भएको छ ।’


ADVERTISEMENT

# # #


देश र जनताको आवश्यकताका लागि राजनीतिमा समेत अघि बढेको बताउँदै उनले महाधिवेशन प्रतिनिधिहरुको माग अनुसार नै आफू पार्टी नेतृत्वमा भूमिका खेल्न तयार रहेको बताए ।

गत कार्तिक ७ गते पार्टी अध्यक्ष केपी ओलीको हातबाट टीका लगाएर नेकपा एमालेमा प्रवेश गरेका प्रसाई भर्खरै केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन् ।

नेकपा माओवादीको राजनीतिमा सक्रिय प्रसाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिन्थे । तर, कम्युनिस्टको सरकार ढालेर कांग्रेस नेतृत्वको सरकार निर्माणमा भूमिका खेलेको भन्दै उनी माओवादीसँग रुष्ट बनेका थिए ।

पछिल्लो समय प्रसाई एमाले अध्यक्ष केपी शर्माओलीका विश्वास पात्रका रुपमा देखिने गरेका छन् ।