काठमाडौँ– चोरी भएको भनिएको मोटरसाइकल १४ महिनापछि नम्बर परिवर्तन गरी चलाएको अवस्थामा फेला परेको छ ।


ADVERTISEMENT


महानगरीय ट्राफिक प्रहरी महाशाखाले वि.सं २०७७ को असोजमा हराएको भनी दर्ता भएको कालो रातो रंङको २२० सी.सी.को पल्सर मोटरसाईकल परिवर्तन गरी प्रदेश ३ ०२–०१४ प १२८३ राखेर चलाइरहेको अवस्थामा फेला पारेको हो ।


ADVERTISEMENT

# # #


सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले गोदावरीबाट चोरी भएको सो मोटरसाईकलसंगै गोदावरी नगरपालिका– १२ ठेचोबाट व्यक्तिलाई समेत नियन्त्रणमा लिएको छ ।

प्रकाउ पर्नेमा गोदावरी नगरपालिका–१२ ठेचो, ललितपुर बस्ने ३१ वर्षीय विकेश महर्जन रहेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

सो मोटरसाइकल वि.सं २०७७ सालको असोज महिनामा मुलपानीबाट हराएको भनी कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ माकलबारी बस्ने मनिस सेन्चुरीले हुलिया सहितको निवेदन ट्राफिक महाशाखामा दिएका थिए ।

प्रहरीका अनुसार, पक्राउ महर्जनसहित उक्त मोटरसाइकल चोरी मुद्दाका अनुसन्धान कारबाहिका लागी महानगरीय प्रहरी वृत्त बौद्धमा पठाइएको  छ ।