काठमाडौं – नेपाली कांग्रेस पार्टी भन्ने बित्तिकै सबैको दिमागमा आउने एउटा कुरा हो गुट तथा उपगुट । हाल पनि कांग्रेसमा गुट र उपगुटका लामो शृङ्खला बाँकी छ ।  नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले १४औं महाधिवेशनबाट पार्टीभित्रका गुट भत्कने अनुमान गरेका थिए । तर तल्लो तहका अधिवेशन जारी रहँदा गुट झन् कसिलो बनेका छन्।


ADVERTISEMENT


पार्टी विधानको नयाँ व्यवस्थाअनुसार वडा तहबाटै भएको निर्वाचनमा केन्द्रमा रहेका गुट संस्थापन (सभापति शेरबहादुर देउवा) र संस्थापन इतर (रामचन्द्र पौडेल,शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला) पक्षमा तल्लो तहसम्म नेता कार्यकर्ता विभाजित भएका छन्।


ADVERTISEMENT

# # #


पार्टीको १३औं महाधिवेशनपछि छुट्टै गुटका रुपमा उदाएको कृष्णप्रसाद सिटौला समूहको झुकाव केन्द्रमा सभापति देउवातिर देखिएको छ। स्थानीय स्तरमा भने यो समूहले आफ्नो अनुकूलतामा देउवा वा इतर पक्षसँग तालमेल गर्दै आएको छ । पार्टीको नयाँ नेतृत्व छनोटका लागि वडा हुँदै गाउँपालिका, प्रदेश निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन जारी रहँदा विद्यमान गुट थप कसिलो बन्न पुगेका छन्। नागरिक दैनिकबाट ।