काठमाडौँ –लोकप्रिय पेय कम्पनी कोका–कोलाले कोभिड–१९ महामारीको समयमा फ्रन्टलाइनमा रहेर काम गर्ने सम्पूर्ण कर्मचारीलाई धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न गरेको छ ।


ADVERTISEMENT


कम्पनीले ‘धन्यवाद शीर्षक’ को दशैँ क्याम्पेन–२०२१ अन्तर्गत महामारीको समयमा अनवरत सेवामा खटिने फ्रन्ट्लाइनरप्रति कृतज्ञता ज्ञापन गर्ने मुख्य उद्देश्यका साथ अन–ग्राउन्ड एक्टिभेसनको आयोजना गरेको हो ।


ADVERTISEMENT

# # #


उक्त कार्यक्रमका निम्ति कम्पनीले वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान), स्टार अस्पताल (काठमाडौं) र ह्याम्स अस्पताल (काठमाडौं) लगायत नेपालको प्रमुख ५ कोभिड–१९ अस्पतालहरुसँग आबद्ध अस्पतालका साथै ‘नेपाल एम्बुलेन्स सेवा’, ‘वुमन फर ह्युमन राइट्स’ र क्रिएशन इनको सन्जाल अन्तर्गत फोहोर व्यवस्थापनमा संलग्न कामदारहरु लगायत महामारीको समयमा उल्लेखनीय योगदान पु¥याउने अन्य १३ गैर–सरकारी संस्थाहरुसँग सहकार्य गरेको थियो ।

क्याम्पेनको दौरानमा कोका–कोलाले अग्रपंक्तिमा रहेर काम गर्ने सेवा प्रदायकहरुलाई उपहारको रुपमा उनीहरुको नाम छापिएको कोक बोटल र कोका–कोला कन्टोर ग्लास भएको ‘पर्सनलाइज्ड धन्यवाद गिफ्ट बक्स’ प्रदान गरेको थियो । जसमा कोक कम्पनीले नियमित प्याकेजिङ लेबलको सट्टामा ‘धन्यवाद’ लेखिएको कोक बोटल वितरण गरिएको थियो ।