काठमाडौं – विशेष गरी हिन्दु धर्ममा मंगलबारको दिन भगवान् गणेशको पूजा आरधना गर्ने चलन छ ।  हरेक साताको हरेक एकदिन कुनै भगवानको नाममा ब्रत बस्ने गरिने भए पनि मंगलबार गणेशको ब्रतको महत्व रही आाएको छ  । त्यसैगरी आज मंगलबार पनि  गणेश भगवानको प्रार्थना गरी ब्रत बस्ने दिन हो ।


ADVERTISEMENT


सबै किसिमका सुख प्राप्त गर्न, रक्तविकार शमन गर्न, शत्रुदमनका निम्ति, स्वास्थ्य रक्षार्थ तथा पुत्र प्राप्तिका लागि मङ्गलबारको ब्रत एकदमै उत्तम मानिन्छ । यो ब्रत शुक्ल पक्षको पहिलो मङ्गलबारबाट सुरु गर्नुपर्ने धर्मशास्त्रहरुमा बताइएको छ । मंगलबारको ब्रतबाट मङ्गल ग्रहको अनिष्ट फल पनि शान्त हुन पुग्छ ।


ADVERTISEMENT

# # #


बिहान उठेर स्नान गरी शुद्ध भएपछि रातो कपडा धारण गरी ’ॐ गणेशाय नमः’ ५ माला जप गर्नुपर्दछ । गणेश भगवानको आराधना गर्नुपर्दछ । पूजा गर्दा रातो फूल, फल, तामा, नरिवल आदि दान गर्नुपर्दछ ।

यो ब्रत कमसेकम २१ वटा मङ्गलबारसम्म लिने प्रचलन छ । सकिन्छ भने जीवनभरि नै लिए अझ राम्रो मानिन्छ । यस व्रतमा गहुँ र सख्खरको भोजन गर्नुपर्ने हुन्छ, रातो कपडा लगाउनु पर्दछ । एक छाक अलिनो भोजन गर्नु पर्दछ ।

ब्रतको दिन केके गर्ने  ?

बिहानको समयमा  दिप बाल्नुपर्दछ । बिहानको समयमा गणेशको ध्यान गर्नु उत्तम मानिन्छ । केहि धार्मिक ग्रन्थहरु पढेर आफ्नो दिनको सुरुवात गर्नु पनि एकदमै राम्रो मानिन्छ ।

कामबाट  बेलुका घर पुगेपछि हात खुट्टा धोई कपडा फेरी  चोखो खाना (प्रसाद) बनाउनुपर्छ । जस्तै हलुवा, खिरलगायतका खाना ।

खाना (प्रसाद) प्रेम र सद्विचार अथवा कुनै मन्त्र उच्चारण गर्दै बनाउनु उत्तम हो ।  ब्रत या अन्य बेला खाना बनाउँदा पूर्णरुपमा त्यसमा ध्यान दिई र प्रशन्न मन लिएर बनाउनु राम्रो मानिन्छ । जसले  खाना खाने मान्छेको आत्मा र मन तृप्त हुन्छ  ।

पूजास्थानमा दीप,  या अगरवत्ती बाल्नु पर्दछ । प्रकाशलाई स्वयं भगवानको उपस्थिति मानिन्छ । यसले ज्ञान र बुद्धि प्रदान गर्छ । फूल, फल र सुगन्ध विश्व, ब्रम्हाण्ड शक्तिको भेट मानिन्छ ।

त्यसपछि परिवार, साथीभाइ वा एक्लै बसेर भगवानको आरती गर्न सकिन्छ । त्यस समयमा ‘भगवत गीता’ लगायतका आफ्नो अनुसारको धार्मिक ग्रन्थको अध्याय पढ्न सकिन्छ। भजन गाउँदै प्रार्थना पनि गर्न सकिन्छ ।

भोजन कस्तो  खाने त ?
ब्रतको दिन कुनै ठोस खाना नखाएको राम्रो हो । रातको समयमा ५ बजेपछि हल्का खाना (खीर, हलुवा, भात र सागसव्जी) खान सकिन्छ ।

यदि स्वास्थ्यका कारण दिनभर निराहार ब्रत बस्न सम्भव छैन भने कमजोरी हुने कारण दूध र फलफूल लगायतका फलाहार वा अल्पाहार गर्नुपर्छ ।  त्यस्तै जडिबुटीको चिया वा पानी लगायतका पेयहरुले पनि आराम दिन सक्छ  ।