काठमाडौं – बढ्दो सहरीकरण र खानपानले नेपाली समाजमा उच्च रक्तचापको समस्या बढ्दै गएको छ । कतिपय अवस्थामा यो वंशाणुगत हुने भए पनि आजभोलि  खाना खानेबित्तिकै, कुनै प्रकारको व्यायाम गर्नेबित्तिकै, धेरै खुसी हुँदा, मन आत्तिँदा र डराउँदा, रिस, चिन्ता, तनाव, आवेगमा, चिसो पानीले नुहाउने बित्तिकै (चिसो पानीले नुहाउँदा रक्तनली खुम्चिन्छ, रौं ठाडा हुन्छन् र रक्तचाप बढ्छ) ।


ADVERTISEMENT


उच्च रक्तचाप हुनेहरुले यी र यस्ता व्यायाम गर्दा समस्याको समाधान गर्न सकिन्छ 


ADVERTISEMENT

# # #


रक्तचाप अलिअलि मात्र बढेसम्म सामान्य सबै व्यायाम गर्न सकिन्छ । ४५–६० मिनेट मर्निङवाक गर्न सकिन्छ । तर धेरै धपेडी हुने गरी दौडिनु हुँदैन । उफ्रिने, कुद्ने, भारी जिम जस्ता मुटुलाई भार पर्ने भारी व्यायाम गर्नु हुँदैन ।

अंगव्यायाम, हलुका आसन, सुतेर उत्तानो परेर गर्ने पेटका आसन, उठेर गर्ने कब्जियतका आसन, शिथिलीकरण गर्न सकिन्छ । तर निहुरिएर गर्ने व्यायाम गर्नु हुँदैन ।

नाडीशोधन र सरल प्राणायाम गर्न सकिन्छ। तर सास छिटोछिटो तान्ने र छाड्ने कपालभाँती, भास्त्रीका जस्ता मुटुलाई धपेडी पुग्ने खालका प्राणायाम नगर्नु उपयुक्त हुन्छ । उच्च रक्तचापमा शिथिलीकरणका आसन गर्न सकिन्छ। सवासनमा बसेर सरल प्राणायाम गर्न सकिन्छ ।

व्यायाम गर्दा मुख खुला गर्नु हुँदैन, मुख बन्द गरेर सास तान्ने र छाड्ने गर्नुपर्छ । आफ्नो क्षमताभन्दा बढी सास तान्ने र छाड्ने गर्नु हुँदैन । उच्च रक्तचाप भएकाले व्यायाम गर्दा हरेक आसनपछि दुई देखि पाँच पटक सक्दो गहिरो सास तान्ने र छाड्ने गर्नुपर्छ । यसले अक्सिजनको कमी पूरा गर्छ ।

अन्य उपायहरु यस्ता छन् 

१६०-१०० भन्दा बढी प्रेसर भए खाना मिलाएर पूर्ण आराममा रहनु पर्छ । कब्जियत नगराउने, नमोटाउने खानपान गर्ने। खाना चपाई-चपाई विस्तारै खाने, खानासँग पानी नपिउने र खाने बित्तिकै नसुत्ने गर्नुपर्छ । बेलुकी अबेरसम्म नबस्ने र बिहान चाँडै उठ्ने गर्दा उत्तम हुन्छ । बिहान व्यायाम गर्ने, हावामा हिँड्ने गर्नुपर्छ । चिन्ता र तनावबाट मुक्त हुने उपाय अपनाउनु पर्छ ।