इलाम – नेकपा (माओवादी केन्द्र)का नेता गिरिराजमणि पोखरेलले अहिलेको समयमा गरिबहरुले चुनाव लड्न स्थिति नरहेको बताएका छन्। चुनाव खर्चिलो बन्दै जाँदा गरिब तथा सर्वहाराले अब हुने कुनै पनि तहको निर्वाचनमा उम्मेदवार बन्न सक्ने अवस्था नदेखिएको नको भनाइ छ।


ADVERTISEMENT


इलाम – पोखरेलले अहिलेको चुनाव प्रणाली भ्रष्टचारलाई प्रश्रय दिने मोडलको भएको दाबी गरे । इलामको सूर्योदय नगरपालिकामा माओवादी केन्द्र वडा नम्बर १० को वडा सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् ।


ADVERTISEMENT

# # #


‘अहिलेको चुनावलाई हेर्ने हो भने गरिबले लड्न सक्ने स्थिति छैन । पैसा छ भने मात्र चुनाव लड्न सकिन्छ‚’ उनले भने‚ ‘यो चुनाव प्रणाली नै भ्रष्टचारलाई प्रश्रय दिने मोडलको छ। पारदर्शिता छैन‚ यसमा हामीले पहिलेदेखि नै मतभेद राखिरहेका छौं ।’

नेता पोखरेलले युगान्तकारी परिर्वतन गर्ने पार्टी माओवादी केन्द्र विधि र पद्धतिमा हिँड्न नसक्दा समस्या देखिएको बताए । उनले अबका दिनमा तल्लो तहबाट पार्टीलाई संगठित गर्दै एक ढिक्का भएर जान कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले जनसमुदायसँग सम्बन्ध विकास हुन नसक्दा पार्टी अघि बढ्न केही समस्याहरु पैदा भएको जिकिर गरे ।

उनले केपी ओली प्रवृतिविरुद्ध नेपाली कांग्रेससँग मिलेर अघि बढेको उल्लेख गरे। ‘चुनावमा सशक्त हस्तक्षेप गर्दै जानुपर्छ। कांग्रेससँग प्रतिस्पर्धा पनि छ अर्को तर्फ केपी ओली प्रवृतिविरुद्ध कांग्रेससँग मिलेर जानुपनि छ‚’ पोखरेलले भने‚ ‘ केपीजी अलि पर संविधान, संघीयता, लोकतन्त्र र जनादेशबाट पर गएको कारण मिल्न सक्ने शक्तिहरु मिलेर गएका हौं । माधव नेपाल कमरेडको नेतृत्वमा भएको प्रतिगमन विरोधी भूमिका सकारात्मक छ।’