काठमाडौं – बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलको विवाहको चर्चाले यतिबेला मुम्बई नगरीमा छाएको छ । उनीहरु छिट्टै नै विवाहको मिति सार्वजनिक गर्न लागेको भारतीय पत्रिका इन्डिया टुडेले खुलासा गरेका छन्। समाचारअनुसार यी जोडीले धुमधामका साथ विवाहको तयारी थालेका छन् ।


ADVERTISEMENT


स्रोतको हवाला दिइएको समाचारअनुसार उनीहरु राजस्थानको जोधपुरस्थित फोर्टमा विवाह आयोजना गर्दैछन् । त्यसको तयारीका लागि एक टोली जोधपुर पुगेको बताइएको छ ।


ADVERTISEMENT

# # #


विवाहका लागि कार बुकिङदेखि लिएर ड्रेज डिजाइन र मण्डपस्थल डिजाइनका कामहरु तीव्ररुपमा भइरहेको बताइएको छ ।

यी जोडीले केही वर्षदेखि डेट गरिरहेको बताइन्छ । तर सार्वजनिकरुपमा दुवै यसबारे हालसम्म खुलेका छैनन् । उनीहरु आफ्ना फ्यानहरुलाई एकैपटक सरप्राइज दिन खाजोको बलिउड नगरीमा चर्चा छ ।