काठमाडौं – लामो समय पत्रकारितामा रमाएका  पत्रकार सन्तोष न्यौपाने  कांग्रेसको सक्रिय राजनीतिमा होमिने बिचारमा छन् ।  आगामी कांग्रेसको १४ औं महाधिवेशनमा पत्रकार  न्यौपानेले   महाधिवेशन प्रतिनिधिका आकांक्षा राखेका छन् ।


ADVERTISEMENT


कांग्रेसनिकट नेपाल प्रेस युनियनका  नेतासमेत रहेका न्यौपानेले  झण्डै २५ वर्षअघिबाट पत्रकारिता थालेका  हुन् । न्यौपानेसँग देश र विदेशका विभिन्न घटना र राजनीतिक परिवर्तनको उहापोहको लामो अनुभव छ । पत्रकारितामा लामो समय सँगालेको अनुभव उनी राजनीतिमा प्रयोग गर्ने चाहना राख्छन् ।


ADVERTISEMENT

# # #


उनी राष्ट्रिय समाचार समिति (रासस) को पनि बोर्ड मेम्वर भइसकेका छन् । विभिन्न टेलिभिजनमा अन्तरवार्तासँगै कार्यक्रम पनि सञ्चालन गर्दै आएका न्यौपानेले काठमाडौंको क्षेत्र नम्वर ६ को (क) प्रदेशबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवारी दिने भएका हुन् ।

प्रतिनिधिको आका‌क्षी न्यौपाने भन्छन्, ‘हाम्रो परिवार नै कांग्रेस हो त्यसैले पनि कांग्रेससँग मेरो पुरानो नाता छ’ उनले भने ‘मैले कांग्रेसको लागि ठूलो योगदान दिएको छु, पटक पटक भएका प्रतिगमनविरुद्ध आन्दोलनमा पनि सक्रिय भएको छु ।’

उनले आफ्नो योगदानको कदर गर्दै प्रतिनिधिहरुले मतदान गर्ने विश्वास गरेका छन् । कांग्रेसले आफूलाई समयसापेक्ष सुधार गर्दै लैजानुपर्छ भन्ने उनी आगामी निर्वाचनबाट कांग्रेस पहिलो पार्टी बन्ने दाबी गर्छन् । सबैसँग राम्रो सम्बन्ध भएका उनी देशको निकासको लागि कांग्रेसको विकल्प नभएको बताउँछन् ।