काठमाडौं – यती एअरलाइन्सले सञ्चालन गरेको धमाकेदार दसै‌ं तिहार अफरमा जीतबहादुर खत्री भाग्यशाली विजेता बनेका छन् ।


ADVERTISEMENT


यतीले घटस्थापनादेखि छठ पर्वसम्म यात्रा गर्ने यात्रुका लागि सञ्चालन गरेको धमकेदार दशैं तिहार अफरको भाग्यशाली विजेता खत्री बनेका हुन् । उनले पोखरा – काठमाडौंको उडान गरेका थिए । यतीले आज  फेसबुक लाईभ मार्फत् आयोजना गरेको लक्की ड्र कार्यक्रमबाट खत्री लाई विजेता घोषणा गरिएको हो ।


ADVERTISEMENT

# # #


विजेता बनेसँगै उनले दुई लाख ६७ हजार ९०० मूल्य बराबरको यामाहा फसिनो एफआई १२५ स्कुटर प्राप्त गरेका छन् । यस अघि सो अवधिमा यती एअरलाइन्समा यात्रा गर्ने यात्रुहरु मध्येबाट ३ जना भाग्यशाली विजेता छानिने घोषणा गरेअनुसार आज ३ जना बिजेता घोषणा गरिएको हो ।

यती धमाकेदार दसैँ-तिहार अफरको दोस्रो भाग्यशाली विजेता धुब्रराज भट्टराई बनेका छन् । भट्टराई दोस्रो विजेता बनेसँगै एक जोडीका लागि काठमाडौँ -दुवई(काठमाडौं को दुईतर्फी फ्री टिकेट प्राप्त गरेका छन् । यस्तै, तेस्रो भाग्यशाली विजेता सरुप्य सत्याल बनेका छन् । तेस्रो विजेता बनेका सत्यालले हिराको टप प्राप्त गरेका छन् ।

यतीको धमाकेदार दसैँ-तिहार अफरको प्रथम पुरस्कारलाई यामाहा कम्पनी, दोस्रोलाई सस्तो टिकट अनलाइन र तेस्रोलाई श्री बालाजी डाइमण्डले प्रायोजन गरेको थियो ।

यती एअरलाइन्सले सञ्चालन गरेको धमाकेदार दसैँ-तिहार अफरअन्तर्गत ३५ दिनमा एक लाख ७ हजार ५५ जनाले यती एअरलाइन्समार्फत् देशका विभिन्न गन्तव्यस्थलमा यात्रा गरेको एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । गत वर्षहरुमा पनि यस्ता कार्यक्रम आयोजना गर्दै आएको यती एअरलाइन्सले आगामी दिनमा पनि यात्रु लक्षित यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रवक्ता बर्तौलाले बताए ।