काठमाडौं – नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले गरेका विवादित फैसला अध्ययन गरेर सार्वजनिक गर्ने भएको छ ।


ADVERTISEMENT


बार एसोसिएसनले जबराले गरेका विवादित फैसला अध्ययन गरेर सार्वजनिक गर्न प्रमाणहरु खोजी गरिररहेको समेत जनाएको छ । अहिले त्यस्ता फैसलाहरुको संकलनको काम भइरहेकोसमेत बारले जनाएको हो ।


ADVERTISEMENT

# # #


‘कुन–कुन मुद्दामा कहिले र कस्ता–कस्ता विवाद भए, जसले गर्दा न्यायालयमा बिचौलियाले प्रवेश पाए, भ्रष्टाचार भयो, विकृति चुलियोलगायतका कुरा अध्ययन गर्छौँ र नागरिकलाई बताउँछौँ,’ बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने ।

बारको यो कार्यले न्यायालय सुधारमा सहयोग पुग्ने उनको भनाइ छ । ‘आगामी दिनमा न्यायालयमा यस्ता विकृति नदोहोरिउन्, नेतृत्व सचेत रहोस् भनेर न्यायालय सुधारका लागि फैसला अध्ययन गर्न लागेका हौँ,’ श्रेष्ठले भने ।