काठमाडौँ– प्रधान सेनापति महारथी प्रभुराम र कोरियाका राजदूत पार्क चोङ सुकबीच भेटवार्ता सम्पन्न भएको छ ।


ADVERTISEMENT


उनीहरुबीच मंगलबार जंगी अड्डास्थित प्रधान सेनापति शर्माको कार्यकक्षमा उक्त भेटवार्ता सम्पन्न भएको हो ।


ADVERTISEMENT

# # #


सो भेटमा शर्मा र सुक दुवैले द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल गरेका छन् ।

यस किसिमको भेटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्नेमा नेपाली सेनाले विश्वास लिएको छ ।