काठमाडौँ – प्रधानन्यायधीशको राजीनामा माग गर्दै नेपाल बार एशोसियसनले मंगलबार पनि प्रदर्शन गरेको छ ।


ADVERTISEMENT


सर्वोच्च परिसरभित्र उनीहरुले प्रधानन्यायधिशको राजीनामा माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले चोलेन्द्रशमशेर राजीनामा देउ, भ्रष्टाचारका नाईके राजीनामा देउ, विचौलियाका नाइके राजीनामा देउ लगाएका नारा लगाएका थिए ।


ADVERTISEMENT

# # #


बिरोध पछि बारमा आयोजित बिरोध सभामा सहभागी वकिलहरुले प्रधानन्याधिश गल्दै गएको बताएका थिए । बारका महासचिव लीलामणी पौडेलले प्रधानन्यायाधीश जबराको निरन्तरताका लागि कुनै न्यायाधीशले पहल गरे उनीहरुविरुद्ध पनि आन्दोलन गर्ने चेतावनी दिए । न्यायलयभित्र बिकृति बिसंगति मौलाएका कारण नै आफुहरुले आन्दोलन गरेको उनले बताए ।

यसैबीच प्रधानन्यायधिश जवरा बारको आन्दोलनपछिमात्रै सर्वोच्च अदालत प्रवेश गरेका थिए । उनीमंगलबार करिव साढे १२ बजेपछि बैकल्पीक गेटबाट सर्वोच्च प्रवेश गर्नुभएको थियो । बारले मध्यान्ह १२ बजेसम्म सर्वोच्च परिसरमा बिरोध प्रदर्शन गरेको थियो ।