काठमाडौँ– नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैँयाले ले वृद्धि भएर ९४ हजार ८०० रुपैँया कायम भएको छ ।


ADVERTISEMENT


सोमबार सुन प्रतितोला ९४ हजार ३०० रुपैँया मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैँया रहेको छ । अघिल्लो दिन तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैँया तोकिएको थियो ।


ADVERTISEMENT

# # #


त्यस्तै आज चाँदीको मूल्य सोमबारका तुलनामा १० रुपैँयाले वृद्धी भएर एक हजार २९० रुपैँयाकायम भएको महासङ्घले जनाएको छ । चाँदी शुक्रबार प्रतितोला एक हजार २८० रुपैँयामा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८६६ डलर आसपासमा कारोबार भइरहेको छ ।