काठमाडौं – ऊर्जामन्त्री पम्फा भुसालले उत्पादित बिजुली विक्री गर्ने भरपर्दो आधारसहित आए निजी क्षेत्रलाई पनि विद्युत व्यापार गर्न दिने बताएकी छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (ईपान) को वार्षिक साधारण सभामा मंगलबार उनले उत्पादित विद्युत खपत हुन्छ र गर्छौं भन्ने भरपर्दो आधारसहित संस्थागत रूपमा आएमा निजी क्षेत्रलाई पनि व्यापार गर्न दिने बताइन् ।


ADVERTISEMENT


लाइसेन्स खोलामा राखेर हिँडेको विगतका कारण विद्युत व्यापारमा पनि त्यही नदोहोरियोस् भन्नाका लागि विद्युत विक्री गर्न् भरपर्दो आधार निजि क्षेत्रबाट खोजिएको उनले स्पष्ट पारिन् । हाल उत्पादित बिजुली खेर गइरहेको भन्दै उनले विद्युत खपत बढाउन आवश्यक रहेको बताइन् ।


ADVERTISEMENT

# # #


४५ प्रतिशत विद्युत निजी क्षेत्रबाट उत्पादन हुँदै आएको भन्दै उनले निजी क्षेत्रसँग मिलेर यस क्षेत्रका लागि काम गर्न मन्त्रालय प्रतिबद्ध रहेको पनि बताइन् । उत्पादित विद्युत खेरा गइरहेको छ । उत्पादित विद्युत खपत बढाउन आह्वान गर्ने अवस्थामा हामी पुगेका छौँ, उनले भनिन् ।

मन्त्री भुसालले तीन वर्षदेखि पीपीए रोकिएको भन्दै पीपीएलाई कसरी अगाडि बढाउने भन्नेमा छलफल गरिरहेको बताइन् । यद्यपि उनले लागत कम र बढी भएको आयोजनाको समान पीपीए हुन हुँदैन भन्ने आफ्नो मान्यता रहेको पनि बताइन् ।