काठमाडौं – सांसद एवम् अनेरास्ववियुकी पूर्व अध्यक्ष नबिना लामाले नेपाल कम्युनिष्ट पाार्टी (एमाले)को आगामी महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएकी छन् ।


ADVERTISEMENT


सांसद लामाले हिमालय पोष्टलाई दिएको जानकारी अनुसार दशौं महाधिवेशनबाट पार्टी राजनीतिमा सक्रीय रूपमा आउन लागेकी हुन् ।


ADVERTISEMENT

# # #


काभ्रे पूर्ख्यौली घर भएकी लामाको लोकतान्त्रिक आन्दोलन, विद्यार्थी आन्दोलन लगायत कम्युनिष्ट आन्दोलनमा सशक्त भूमिका रहँदै आएको छ ।

आगामी मंसिर १०, ११ र १२ गते चितवनमा सम्पन्न हुने एमाले महाधिवेशनका लागि लामा महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएकी छन् ।

यस्तो छ लामाले पाएको महाधिवेशन प्रतिनिधिको प्रमाणपत्र :