काठमाडौं – अनामनगरमा कोठा भाडामा बस्दै आएकी सीता गुरुङको पीडा कम छैन । उनी पनि घरघरमा भाडा र लुगाकपडा धोएर छोराछोरी पाल्छिन् । दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएपछि सीतालाई पनि ‘बच्चा कसरी पाल्ने र चुलो कसरी बाल्ने रु’ चिन्ताले निन्द्रा लाग्दैन । भन्छिन्, ‘ग्यासकै ७५ रुपैयाँ बढेर १५ सय ७५ पुगिसक्यो । के गर्ने होला ?’


ADVERTISEMENT


आकासिँदो महँगी दैनिक ज्याला मजदुरी गर्नेका लागि मात्र होइन, मासिक तलबीसमेत मारमा परेका छन् । दैनिक उपभोग्य तेल, चिनी, दाल, चामल, गेडागुडी, हरियो तरकारीको मूल्य अकासिएको छ । दुई साता नबित्दै पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासमा मूल्यवृद्धि भएपछि सर्वसाधारण थप महँगीको पीडा खेप्न बाध्य छन् । खाद्य तथा हरियो तरकारीको मूल्य छोइसक्नु वृद्धि भएको सर्वसाधारण बताउँछन् ।


ADVERTISEMENT

# # #


प्रतिदिन मूल्य आकासिँदै गर्दा सरकार मौन बसिरहेको सर्वसाधारणको गुनासो छ । बजार अनुगमन नियमक निकायसमेत ‘बजार मूल्य के कारण वृद्धि भएको हो रु’ भन्ने बुझ्न अनुगमनमा निस्केको पाइएको छैन । राजधानी दैनिकबाट ।