काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध कानुन व्यवसायीहरुको आन्दोलन चरम उत्कर्षमा पुगेका बेला सर्वोच्च अदालत परिसरमा कडाई रुपमा सुरक्षकर्मीको परिचालन गरिएको छ । यसका लागि काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंह नै फिल्डमा उत्रिएका छन् ।


ADVERTISEMENT


प्रधान न्यायाधीश जबराको विरोधमा बिहिवार प्रदर्शनमा उत्रिएका बारका कानुन व्यवसायीले जबरालाई शुक्रबार सर्वोच्चभित्र प्रवेश गर्न नदिने चेतावनी दिएका थिए । तीनै बारको चेतावनीलाई विफल पार्नका निम्ति आज सर्वाेच्चमा कम्तिमा चार तहको सुरक्षा घेरा सहित एसएसपी सिंह नै फिल्डमा खटिएका हुन् ।


ADVERTISEMENT

# # #


जबराको निम्ति हाल सवोच्च भित्री र बाहिरी परिसरमा नै व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यो पनि पढ्नुहोस् :

प्रदर्शनमा प्रहरीको हस्तक्षेपपछि बारको चेतावनी : शुक्रबार प्रधानन्यायाधीशलाई सर्वोच्च छिर्नै दिन्नौँ