काठमाडौं – नेपाली सुनचाँदी बजारमा छापावाल सुनको मूल्य आज प्रतितोला एक हजार तीन सय रुपैयाँले बढेको छ । सुनको मूल्य प्रतितोला  ९४ हजार रुपैयाँ कायम भएको छ । बुधबार उक्त सुन प्रतितोला  ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला  ९३ हजार ५०० रुपैयाँ रहेको छ । बुधबार प्रतितोला ९२ हजार २०० रुपैयाँ तोकिएको थियो ।


ADVERTISEMENT

# # #


त्यस्तै आज चाँदीको मूल्य बुुधबारका तुलनामा  २० रुपैयाँले बढेको छ । चाँदीको मूल्य एक हजार २७० रुपैयाँ कायम भएको छ । चाँदी बुधबार प्रतितोला  एक हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।