– योगीता लिमाय, बीबीसी


ADVERTISEMENT


हामी जसरी हेरात शहरबाट बाहिर निस्कयौँ, भीडभाडयुक्त सडक पश्चात हामीले एउटा खुला, लामो राजमार्ग भेट्टायौँ । तालिवानका जुन दुईवटा चौकीहरु हामीले पार गर्यौं, त्यसले पनि संकेत गरिरहेको थियो कि अफगानिस्तानमा अब कसले राज गर्दैछ ।


ADVERTISEMENT

# # #


सबैभन्दा पहिलो चौकीमा भेटिएका लडाकू मिलनसार थिए । तर, उनले हाम्रो कार र अफगानिस्तानको संस्कृति मन्त्रालयबाट प्राप्त अनुमति पत्रलाई राम्रोसँग जाँच गरे । हामी त्यहाँबाट अघि बढ्नै लाग्दा एक व्यक्ति, जसको काँधमा एसल्ट राइफल झुण्डिएको थियो, उनले चौडा मुस्कानसाथ भने, ‘तालिवानदेखि नडराऊ, हामी राम्रा मान्छे हौँ ।’

यद्दपी दोस्रो चौकीमा खटिएका पहरेदार अलि भिन्न थिए, हेर्दाखेरि अलि खतरनाक देखिन्थे । तपाईंलाई यस कुराको कहिल्यै अनुमान हुन्न कि कस्तो किसिमको तालिवानसँग तपाईंको भेट हुनेछ । उनका केही लडाकूले विरोध प्रदर्शनको रिपोर्टिङ गरेको आरोपमा अफगानी पत्रकारलाई गम्भीर कुटपिट गरका थिए । हालै एक अनलाइन भिडियोमा देखियो कि एक विदेशी फोटोग्राफरलाई तालिवान आफ्नो बन्दुकको कुन्दाले हानिरहेका थिए ।

कृपाले हामीलाई चेकपोइन्टबाट चाँडै छुटकारा मिल्यो । तर, एक बयानका साथ, जसलाई हामीले एक चेतावनीका रुपमा लियौँ । उनले भनेका थिए, ‘हाम्रो बारेमा राम्रा कुराहरु लेख्नेछौँ भन्ने यकिन गर्नुहोस् ।’

एक बच्चाको मूल्य ९ सय अमेरिकी डलर

हेरातदेखि करिब १५ किलोमिटर टाढा हामी खैरो कमेरो र इट्टाले बनेको एक कोठे घरहरु भएको एउटा बस्तीमा पुग्यौँ । वर्षौँको लडाई र सुख्खापनबाट विस्थापित भएर दूरदराजमा रहेका आफ्ना घर छाडेर कयौँ मानिस यहाँ आएका रहेछन् । ताकि नजिकको सहरबाट काम र सुरक्षा मिलोस् ।

हामी जसरी आफ्नो कारबाट निस्कियौँ, बाहिर धुलो उड्न लाग्यो । त्यहाँको हावामा केही कण थियो, जुन केही हप्तामै चिसोमा परिणत हुनेवाला थियो । हामी त्यहाँ यो खोजी गर्न गएका थियौँ कि आफ्नो गरीबीबाट हैरान भएर अफगान नागरिक कतै आफ्ना बच्चा त बेचिरहेका छैनन् ? मैंले जब पहिलो पटक यसको बारेमा सुन्दा मनमनै सोचेँ, निश्चित रुपमा यस्ता एकाध घटना होलान् । तर, हामीले जे भेट्यौँ, त्यसका लागि म पूर्ण रुपमा तयार थिइनँ ।

हामी त्यहाँ पुगेको केही समयपछि एक व्यक्तिले हाम्रो टिमका एक सदस्यसाई सिधा सोधे, ‘के तिमीहरुले मेरो कुनै बच्चालाई किन्छौ ?’ उनी त्यसको बदलामा ९ सय अमेरिकी डलर (करिब १ लाख ६ हजार ५ सय नेपाली रुपैयाँ) मागिरहेका थिए । त्यसलगत्तै मेरो सहयोगीले उनलाई प्रतिप्रश्न गरे, ‘तिमी आफ्नो बच्चा किन बेच्न चाहन्छौ ?’ ती व्यक्तिले जवाफ दिए, ‘मेरा अरु ८ बच्चा छन् र तिनलाई खुवाउनका लागि मसँग केही पनि छैन ।’

बच्चालाई बेचेर खाना जुटाउने बाध्यता

हामी केही अघि बढेका मात्र के थियौँ, एउटा बच्चा बोकेकी महिला आइन् । उनी छिटोछिटो, आत्तिएर कुराकानी गरिरहेकी थिइन् । हाम्रा अनुवादकका अनुसार उनी बताइरहेकी थिइन् कि डेढ वर्षको कोखको बच्चालाई उनले पैसाको जरुरी पर्दा पहिले नै बेचिसकेकी थिइन् ।

उनीसँग कुरा गर्दा गर्दै त्यहाँ भीड जम्मा भयो । जसमध्ये एउटाले हामीसँग भने कि उनकी १३ महिनाकी भान्जीलाई पहिले नै बेचिसकिएको थियो । घोर प्रान्तका एक व्यक्तिले निकै टाढाबाट आएर उनलाई किनेका थिए । किन्नेले भन्दै थिए कि ती बच्ची ठूली भएपछि आफ्ना छोरासँग विवाह गरिदिने छन् ।

यी बच्चाहरुको भविष्यको बारेमा कसैले पनि निश्चिन्त भएर बताउन सक्दैनन् । एक घरमा हामीले एक ६ महिनाकी एक बच्चीलाई कोक्रोमा सुतिरहेको देख्यौँ । बुझ्दै जाँदा थाहा पाइयो कि जब उनी चल्न थाल्नेछिन्, उनका खरिदकर्ता उनलाई लिएर जानेछन् । ती बच्चीका आमाबुवाका तीन अरु बच्चा छन्, निला आँखा भएका साना केटा ।

यो परिवारलाई केयौँ दिन भोकै बिताउनु पर्छ । यी बच्चाका बाबु फोहोर जम्मा गरेर आफ्नो गुजरा गरिरहेका थिए । उनले हामीलाई बताए, ‘धेरै दिन भयो केही कमाउन पाएको छैन । जब केही कमाई हुन्छ, हामी ६–७ ब्रेड किन्छौँ र बाँडेर खान्छौँ । मेरी पत्नी छोरीलाई बेच्ने मेरो निर्णयप्रति सहमत छैनन् । त्यसकारण दुःखी छु, तर निरीह छु । बाँच्ने अन्य केही उपाय बचेको छैन ।’

म उनकी पत्नीका आँखा कहिल्यै भुल्नेछैन । जसमा क्रोध र निरीहता देखिन्थ्यो । छोरीलाई बेच्दा उनीहरुलाई जति पैसा मिल्नेवाला छ, त्यसले उनीहरुलाई जिउँदो रहन सहयोग गर्ने छ । यसबाट छोराहरुको भोजनको व्यवस्था हुनेछ । तर, केही महिनाका लागि मात्रै ।

हामी त्यहाँबाट निस्किनै लाग्दा हाम्रो नजिक अर्की महिला आइन् । पैसाको इशारा गर्दै उनी आफ्ना बच्चालाई त्यहीँ सुम्पिन तयार हुँदै थिइन् ।

हामीलाई यस्तो अवस्थाको अनुमान थिएन

हामीलाई त यो अनुमानसम्म थिएन कि यहाँ यतिधेरै परिवार आफ्ना बच्चा बेच्न बाध्य होलान् । हामीसँग जुन जानकारी थियो, हामीले संयुक्त राष्ट्र संघको बालबालिकाको संस्था युनिसेफका अधिकारीसँग सम्पर्क गर्यौँ । उनले हामीलाई बताए कि उनीहरुले यस्ता परिवारसम्म पुगेर उनको मदत गर्ने प्रयास गर्नेछन् ।

अफगानिस्तानको अर्थव्यवस्था विदेशी पैसाले चलिरहेको छ । तालिवानले अगस्टमा सत्ता सम्हालेपछि पैसाको त्यो स्रोत रोकियो । परिणामस्वरुप हरेक सरकारी खर्च चाहे सरकारी कर्मचारीको तलब, सुविधा होस् वा सरकारको विकास कार्य, सबै रोकिए । यसबाट अर्थव्यवस्थाको तल्लो स्तरमा रहेका मानिसको हालत खराब भयो, जो अगस्ट पहिले पनि मुस्किलले गुजारा गर्थे ।

मानव अधिकारको रक्षाको ग्यारेन्टी र पैसाको खर्च विवरण बिना नै तालिवानलाई पैसा दिनु वा आर्थिक सहयोग गर्नु खतरनाक हुनसक्छ । तर, समस्या समाधान नभइरहेका बेला जसरी प्रत्येक दिन बितिरहेको छ, त्यसरी नै अफगान नागरिक भोकमरीबाट गुज्रिरहेका छन् ।

हामीले हेरातमा जे देख्यौँ, त्यसबाट यो प्रस्ट हुन्छ कि कुनै बाहिरी सहयोग बिना अफगानिस्तानका लाखौँ मानिसले जाडोको यौ मौसम कटाउन सक्ने छैनन् ।