काठमाडौं– गीतकार राजश्री बस्न्यात श्रेष्ठले अल्पायुमै गुमाउनु परेका २ जना छोरीहरुको सम्झनामा लेखेको ‘आई मिस यु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।


ADVERTISEMENT


सेन्टिमेन्टल भर्सनको यस गीतमा नेपाल आइडल ३ कि विजेता गायिका सज्जा चौलागाईले आफ्नो सुमधुर स्वरले सजाएकी छन् ।


ADVERTISEMENT

# # #


वरिष्ठ संगीतकार न्ह्यू बज्राचार्यले संगीतबद्ध गरेको यस गीतलाई गोपाल रसाइलीले संगीत संयोजन गरेका हुन् । स्वयम् गीतकार श्रेष्ठ फिचर्ड म्युजिक भिडियोमा गरिमा शर्मा र श्रेया सिटौलाले छोरीहरुको भूमिका निभाएका छन् । उत्तम हुमागाईले छायांकन गरेको भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन्।

मनिक लाल श्रेष्ठ निर्माता रहेको भिडियोलाई गीतकार श्रेष्ठको परिकल्पना र निर्देशनमा तयार पारिएको हो। गीतकार श्रेष्ठको आधिकारिक च्यानल ‘राजश्री स्टोरिज’ मार्फत भिडियो सार्वजनिक गरिएको हो। गीतकार श्रेष्ठले यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेकी छिन् ।

भिडियो हेर्नुहोस् :