महेन्द्रनगर, धनुषा– नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले स्थानीय तहको परिणामबाट कम्युनिष्टहरु भ्रममा परेको बताएका छन् ।


ADVERTISEMENT


जनकपुरमा रासससँग कुरा गर्दै नेता निधिले पहिलो चरणकै चुनावमा कम्युनिष्ट पार्टीको भ्रम टुट्ने बताउँदै भने, “ ख्रोको राष्ट्रवाद धेरै दिन चल्दैन, नेपाली जनता अब सबै कुरा बुझ्ने भइसकेका छन् ।”


ADVERTISEMENT

# # #


उनले नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)ले नेपालमा एकदलीय अधिनायकवाद लाद्न खोजेको आरोप लगाए ।” नेता निधिले एक प्रसङ्गमा भने, “बाहिरबाट आएर धनुषा जित्नु दिवास्वप्ना मात्र हो ।”

निधि धनुषा– ३ बाट प्रतिनिधि सभा सदस्यका लागि उठेका छन् । यही निर्वाचन क्षेत्रमा मधेशवादी दल राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो पनि लड्दैछन् ।