काठमाण्डौं-निर्वाचन आयोगले दोस्रो चरणमा आगामी मंसिर २१ गते हुने निर्वाचनका लागि मतपत्र छपाईको काम तीव्र गतिमा अघि बढाएको जनाएको छ ।


ADVERTISEMENT


दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लाको मतपत्र छाप्न सुरु गरेको ३ दिनभित्र १५ जिल्लाको मतपत्र छपाई सकिएको निर्वाचन आयोगले जनाएको छ । मतपत्र छपाईको जिम्मा पाएको जनक शिक्षा सामाग्री केन्द्रले निर्धारित समयसीमा भित्रै मतपत्र छपाईको काम सक्ने गरी काम गरेको आयोगको भनाई छ ।


ADVERTISEMENT

# # #


आयोगका प्रबक्ता नबराज ढकालले जिल्लागत रुपमा मतपत्र छपाईको काम सकिएलगत्तै ती जिल्लामा मतपत्र सहितका निर्वाचन सामाग्री ढुवानीको काम सुरु गर्ने बताए। यसैबीच आयोगले हिजो परिचालन गरेका मतदाता शिक्षा कर्मचारीले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा मतदान केन्द्रबाट मतदाता शिक्षा कार्यक्रम सुरु गरेका छन्

। परिवर्तित व्यवस्था अनुसारका निर्वाचन सामाग्री सहित पुगेका कर्मचारीले गाँऊ गाउँमा रहेका मतदान केन्द्र मार्फत सो कार्यक्रम भएको निर्वाचन आयोगले जनाएको छ । सो कार्यक्रमका लागि १९ हजार ९ सय ८ कर्मचारी परिचालन गरिएको आयोगले जनाएको छ ।