काठमाडौँ – कृषि बिकास बैंक लिमिटेडको बैंक संचालक समितिको संचालक सदस्यमा प्रकाश कुमार सञ्जेललाई नियुक्त भएका छन् ।


ADVERTISEMENT


सरकारी सेवाको लामो अनुभव हुनुका साथै नेपाल सरकार, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको योजना महाशाखाको प्रमुख पदमा कार्यरत सञ्जेललाई सरकारले कृषि विकास बैँकमा जिम्मेवारी दिएको हो ।


ADVERTISEMENT

# # #


बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त संचालक सदस्य सञ्जेललाई संचालक समिति बैठकका अध्यक्ष रमेश कुमार के.सी.ले सपथ ग्रहण गराएका थिए । उक्त अवसरमा कृषि विकास बैंक लि.का संचालक सदस्यहरु डा. इन्दिरा श्रेष्ठ (मास्के), संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोद कुमार गुरांगाई, कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, बैंकका कम्पनी सचिव हिमलाल पौडेलसमेतको उपस्थिति रहेको थियो ।