कैलालीको फल्टुडेमा बस सडकबाट भीरमा खस्दा २७ जना घाइते भएका छन्। बैतडीको मेलौलीबाट महेन्द्रनगर तर्फ आइरहेको ना ७ ख २७२३ नम्बरको बस सडकदेखि तल भीरमा खस्दा २७ जना घाइते भएका हुन् । घाइते मध्ये १२ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । अस्थायी प्रहरी पोष्ट फल्टुडेका ट्राफिक प्रहरी हवल्दार वीरसिंह धामीका अनुसार आइतबार बिहान बस सडकदेखि ६० मिटर तल खसेको हो ।
बैतडीको मेलौलीबाट महेन्द्रनगर तर्फ आउँदै गरेको यात्रुबाहक बस कैलालीको चुरे गाउँपालिका-३ धपेनी भन्ने ठाउँमा दुर्घटना हुन पुगेको हो । बिहानको समयमा सडकमा लागेको हुस्सुले सडकको अगाडिको भाग नदेखिएपछि तल खसेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । दुर्घटना लगत्तै प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी खटिएर उद्वारको काम गरेका हुन् ।घट्नास्थलबाट तत्कालै उद्वार गरेर घाइतेहरुलाई अत्तरियातर्फ पठाईएको छ ।‘ हामीले समयनै सबैको उद्धार गरेर अस्पताल तर्फ पठाईसकेका छौं प्रहरी हवल्दार धामीले भने,‘ घाइते मध्ये ५-६ जना निकै गम्भीर रहेका छन् ।


ADVERTISEMENT