दाङ – दाङको राप्ती नदीस्थित पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


सिसहनिया–महादेवा जोड्ने पुलमा गए राति रा१प ६३४५ नंको मोटरसाइकल दुर्घटना हुँदा गढवा गाउँपालिका–२ घुस्राका २२ वर्षीय समिर चौघरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा गम्भीर घाइते चौधरीको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको हो ।