काठमाडौं –  सीता एयरको जहाज  बँदेलसँग ठोक्किन पुगेको छ । आज (मंगलबार) बिहान हुम्लाको सिमिकोट उड्ने क्रममा नेपालगञ्ज विमानस्थलको धावनमार्गमा सीता एयरको जहाज  बँदेलसँग ठोक्किन पुगेको  हो ।


ADVERTISEMENT


हुम्लाको सिमिकोटका नेपालगञ्जबाट लागि  उडान भर्ने क्रममा जहाज धावनमार्गमा बँदेलसँग ठोक्किन पुगेको हो। उड्नुअघि धावनमार्गमा गुडिरहेको बेला अचानक बँदेलसँग ठोक्किएपछि विमानमा ठूलो प्वाल परेको छ ।


ADVERTISEMENT

# # #


नाइट एचएएचएबी कलसाइन रहेको विमानमा १४ जना यात्रु र चालकदलका सदस्य थिए । सबै सकुशल रहेको बताइएको छ  । अहिले नेपालगन्ज विमानस्थल बन्द भएको छ र धावनमार्गमा दुर्घटनाग्रस्त विमानलाई क्रेनको सहायताले पार्किङसम्म लाने काम भइरहेको छ ।