कपिलवस्तु – कपिलवस्तुमा जिउ अवैध राँगा भैंसी नियन्त्रणमा लिइएको छ ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले ३ लाख मूल्य बराबरका १० जिउ अवैध राँगा भैंसी नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT

# # #


कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं–३ झरुवाबाट  रुपन्देहीतर्फ अबैध रुपमा  हिडाउँदै लैजाँदै गरेका जिउसहित अवैध राँगा भैंसी प्रहरी चौकी लबनीबाट खटिएको प्रहरी गस्ति टोलीले  नियन्त्रणमा लिएको बताइएको छ ।

जसमा भैंसी १ जिउ, पाडी ३ जिउ र राँगा ६ जिउ गरी १० जिउ राँगा र भैँसी रहेको सूचना संप्रेषण तथा प्रवक्ता  प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताएका छन् ।

प्रहरीलाई देखेपछि राँगा र भैंसी ल्याउँदै गरेको मानिस फरार भएको र राँगा र भैंसी नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालयको दाबी रहेको छ ।

नियन्त्रणमा लिइएको अबैध राँगा र भैंसी  पकडीले जिल्ला प्रहरी कार्यालयमा बुझाइएको  पनि जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए।

उनका अनुसार प्रहरीले नियन्त्रणमा लिएका राँगा र भैंसी आवश्यक कारबाहीको लागि सुठौली भन्सार कार्यालय पठाइएको छ ।