काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चाडपर्वको मुखमा सरकारले ग्यास र डिजेल लगायतका इन्धनको मूल्य बढाएर गल्ती गरेको बताएका छन् ।


ADVERTISEMENT


कांग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले जनतालाई राहत दिने ठाँउमा सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएर जनतालाई मारमा पारेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उहाले तत्काल पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता लिन पनि माग गरे ।

त्यस्तै उनले कांग्रेसको नेतृत्व परिवर्तन नभएसम्म जनताले कांग्रेसलाई विश्वास नगर्ने उल्लेख गरे । उनले पटक पटक जिम्मेवारी पाउँदा पनि पाएको जिम्मेवारी पुरा गर्न नसक्ने नेतालाई पुन: जिम्मेवारी दिए पार्टीको अवस्था अझै धेरै बिग्रने उल्लेख गरे ।

उनले केही जिल्लामा क्रियाशिल सदस्यता विवाद कायम रहेको भन्दै विधि र विधानका आधारमा समाधान गर्नुपर्ने र महाधिवेशन गर्नुपर्ने धारणा राखे।

त्यस्तै नेता सिंहले न्यायलयमा देखिएको समस्या संविधान अनुसार समाधान हुनुपर्ने बताए ।