रौतहट– स्याल टोकाइविरुद्धको भ्याक्सिन अभावमा रौतहटमा कतिपय बिरामीेले अकालमै ज्यान गुुमाउनुु परेको छ । कतिपयलाई भने उपचारका लागि धेरै रकम खर्चेर वाहिर जानुपर्ने बाध्यता छ ।


ADVERTISEMENT


स्यालको सामान्य टोकाइविरुद्धको एन्टी रेबिज भ्याक्सिन जिल्ला अस्पताल गौरलगायत निजी पसलमा पाइने भए पनि गम्भीर अवस्थामा लगाइने एचआरआइजी ह्युुमन रेबिज इमियुुनो ग्लोबिलिन नामक भ्याक्सिन सरकारी अस्पतालका साथै निजीस्तरमा पनि नपाइने हुुँदा बिरामीले अकालमै ज्यानसमेत गुुमाउने गरेका छन् ।


ADVERTISEMENT

# # #


जिल्ला अस्पताल गौरका प्रमुुख डा कृष्ण साहका अनुुसार स्याल, कुकुुर, बाँदरको सामान्य टोकाइमा लगाइने एन्टी रेबिज भ्याक्सिन प्रायः सधैँभरि अस्पतालमा उपलब्ध भए पनि गम्भीर प्रकृतिका बिरामीलाई लगाइने ह्युुमन इमियुुनो ग्लोबिलिन एचआरआइजी नामक अति महँगा भ्याक्सिन जिल्ला अस्पतालका साथै निजी क्लिनिक तथा फार्मेसीमा पनि नपाइने हुुँदा त्यस्ता बिरामीलाई सघन उपचारका लागि काठमाडौँस्थित टेकुु अस्पतालमा सिफारिस गदै आएको बताए ।

केही दिनअघि मात्र कटहरिया नगरपालिका–१ भसेढवा ढोलबाजा टोलका बालकिशोर दासका ३० वर्षीया श्रीमती सुुनैना देवी र २० वर्षीय भाइ राजकिशोर दासलाई आफ्नै घर बाहिर बहुुलाहा स्यालले टोकेको थियो । घाइते दुुवैजनालाई उपचारका लागि चन्द्रनिगाहपुर अस्पतालमा लैजाँदा त्यहाँ उपचार सम्भव नहुुने बताउँदै चिकित्सकले काठमाडौँस्थित टेकुु अस्पताल पठाएको थियो ।

टेकुु अस्पतालमा लैजाँदा त्यहाँबाट थप उपचारका लागि सिवेक अस्पताल लाजिम्पाट सिफारिस गरी पठाएकोे थियो । स्याल टोकाइविरुद्धको एचआरआइजी नामक भ्याक्सिन दुुवैजना बिरामीलाई लगाउँदा रु दुुई लाख १० हजार ९६३ पर्ने सो अस्पतालले जनाएपछि रकम अभावमा आफूुहरु निराश भएको बिरामीका अभिभावक बालकिशोर दासले बताए ।

आफू अति विपन्न परिवारको भएको र उक्त रकम तिर्न नसक्ने अवस्थामा रहेको भन्दै जीवन रक्षाका लागि आग्रह गर्दा सो अस्पतालले विशेष छुुट गरेर रु ७५ हजार ३४३ मा मात्र दुवैजना बिरामीलाई सो भ्याक्सिन लगाइदिएको दासले बताए । रु दुुई लाखभन्दा बढी पर्ने उक्त भ्याक्सिन गरिब बिरामीको ज्यान जोगाउन अस्पतालका चिकित्सक, कर्मचारी र उपचार गराउन आउने सम्पन्न बिरामीको आर्थिक सहयोगबाट कम मूुल्यमा उपलब्ध गराउँदै आएको सिवेक अस्पतालका कर्मचारी स्मृति तुुलाधरले जानकारी दिए ।

बहुुलाहा स्यालको टोकाइबाट उपचारका लागि समस्यामा पर्ने दास परिवार पहिलो होइन, पटक–पटक स्याल आतंक हुँदै आएको रौतहटमा उपचारका लागि दास परिवार जस्तै समस्यामा पर्ने दर्जनौँ बिरामी छन् । गत वर्ष स्यालको टोकाइबाट गम्भीर घाइते भएका गरुडा नपा महमदपुरका शिक्षक वसन्त यादवको समयमै उपचार हुन नसकी मृत्युु भएको थियो ।

कतिपय बिरामी थप उपचारका लागि समयमै राजधानी काठमाडौँ पुुगेर पनि अत्यधिक महँगा भ्याक्सिन खरिद गर्न नसकेर पनि बिरामीको मृत्युु हुने गरेको कटहरिया गाविसका पूुर्व अध्यक्ष जादोलाल महताले बताए ।

मानव जीवन रक्षा गर्ने अति उपयोगी एचआरआइजीजस्ता भ्याक्सिन सरकारले प्रत्येक जिल्लामा निःशुुल्क उपलब्ध गराउन पहल गर्नुपर्ने यहाँ बुुद्धिजीवीको भनाइ छ ।