काठमाण्डौं-क्रोएसिया अर्को बर्ष रुसमा हुने विश्वकप फुटबलको छनोट नजिक पुगेको छ । प्ले अफको पहिलो लेगमा ग्रीसलाई ४–१ ले हराउँदै क्रोएसिया विश्वकप फुटबल प्रतियोगितानजिक पुगेको हो ।
घरेलु मैदानमा भएको खेलमा पहिलो हाफ ३–१ को अवस्थामा रहेको क्रोएसियाले दोस्रो हाफमा १ गोल थप्दै सहज जित हात पारेको हो । दोस्रो लेग आइतबार ग्रीसमा हुनेछ ।
गएराती नै भएको अर्को खेलमा स्टिजरल्याण्डले नर्दन आयरल्याण्डलाई १–० ले हराउँदै विश्वकप छनोटको सम्भावना बलियो बनाएको छ ।
नर्दन आयरल्याण्डको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ५९ औँ मिनेटमा विवादास्पद पेनाल्टीमार्फत गोल गर्दै स्विट्जरल्याण्डले विश्वकप प्रवेशको सम्भावना बलियो बनाएको हो । उसले दोस्रो लेग पर्सी घरेलु मैदानमा खेल्नेछ ।
मेक्सिको भने होण्डुरससँग ३–२ ले स्तब्ध बन्यो । होण्डुरसको घरेलु मैदानमा खेलको पहिलो हाफमा बनाएको २–१ को अग्रता जोगाउन नसक्दा मेक्सिको पराजित भएको हो । ५४ औँ मिनेटमा होण्डुरसले आत्माघाती गोल उपहार पाएपछि खेल २–२ को बराबरीमा पुगेको थियो ।
त्यसको ६ मिनेटपछि अर्को गोल गर्दै होण्डुरसले विश्वकप छनोटको सम्भावना बलियो बनाएको हो । प्ले अफ अन्र्तगत आज साउथ अफ्रिका र सेनेगल, अल्जेरिया र नाईजेरिया तथा स्विडेन र इटालीबीच प्रतिस्पर्धा हुनेछ । -आजको कान्तिपुरबाट


ADVERTISEMENT