काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले वडादशैँको अवसरमा शुभकामना व्यक्त गरेका छन् । शुक्रबार एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले वडादसैँले सम्पूर्ण नेपालीहरुको मुहारमा खुसी ल्याउन सकोस् भन्दै शुभकामना व्यक्त गरेको हुन् ।


ADVERTISEMENT


उनले भने, ‘बडादसैँ, तिहार, नेपाल सम्वत् तथा छठ पर्वको उपलक्ष्यमा स्वदेश तथा विदेशमा बस्नुहुने सबै नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’


ADVERTISEMENT

# # #


दशैँ लगायतका पर्वहरुको नेपालीहरुबीच भावनात्मक एकतामा योगदान गर्दै आएको बताउँदै उनले यसलाई विकसित तुल्याएर राष्ट्रिय एकता हासिल गर्दै समृद्धि, समुन्नत मुलुक बनाउनु सबैको कर्तव्य रहेको उनको भनाई छ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधताले भरिपूर्ण मुलुक भएकाले दसैँ, तिहार, छठ लगायतका पर्वका आफ्नै मौलिक मान्यता रहकाले तिनीहरुको संरक्षण र जर्गेना गर्नु सबैको दायित्व रहेको प्रधानमन्त्री देउवाले बताए ।

कोरोनाको जोखिम कायमै रहेकाले चाडपर्व बनाउँदा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न समेत उनले अनुरोध गरेका छन् ।