काठमाडौँ – घटस्थापना सुरु भएसंगै काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरमा दसैंको चहलपहल बढेको छ ।


ADVERTISEMENT


उपत्यकाको असन इन्द्रचोक लगाएत विभिन्न व्यापारिक क्षेत्रमा किनमेल गर्नेको भीड लागेको छ । विश्वव्यापी कोरोना महामारीको जोखिम कायमै रहदा बजारमा भौतिक दूरी कायम भएको देखिएको छैन । अघिल्लो वर्ष महामारीकै कारण खुलेर दसैं मनाउन नपाएकाहरू यसपटक दसैं मनाउन उत्साहित भएका छन् ।


ADVERTISEMENT

# # #


कोरोना संक्रमण कम हुँदै गएपछि खोलिएको बजारमा सर्वसाधारणको चहलपहल बढेपनि व्यापार कम भएको व्यवसायीहरुको गुनासो छ ।