काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा एमाले केपी ओलीको निजी कम्पनीको रुपमा रुपान्तरण हुन थालेको टिप्पणी गरेका छन् ।


ADVERTISEMENT


बिहीबार काठमाडौंमा एमालेका नेता भानुभक्त जोशीलाई एकीकृत समाजवादी प्रवेश गराउदै अध्यक्ष नेपालले एमालेभित्र व्यक्तिबाद प्रवृति हावी भएको भन्दै ओलीले एमालेलाई निजी कम्पनीको बनाउन थालेको टिप्पणी गरेका हुन् ।


ADVERTISEMENT

# # #


उहाले ओलीलाई सुधार्न नसकिने निष्कर्षमा पुगेर नेताहरुले एमाले छाडिरहेको तर्क गरे । अध्यक्ष नेपालले आफ्नो पार्टीको नयाँ यात्रामा एमालेका अध्यक्ष ओली बाधक हुने बताए । नेपालले ओलीले विभिन्न खालका भ्रम फैलाएकाले भ्रम चिर्नुपर्ने चुनौति समाजवादीका अगाडि रहेको धारणा राखे ।

समाजवादी प्रवेश गर्दै नेता भानुभक्त जोशीले एमालेको आन्तरिक जिवनमा असहज अवस्था गराई प्रतिनिधिसभा बिघटन गर्ने प्रयास ओलीले गरेको आरोप लगाानए । उनले १० बुदे सहमति कार्यान्वयन नहुदा एमाले नेता तथा कार्यकर्ता निराश हुन थालेको र पूर्वाग्रहको अवस्था कायमै रहेकाले एमालेबाट राजीनामा गरेको जानकारी दिए

समाजवादीले भानुभक्त जोशीलाइ स्थायी कमिटी सदस्यको जिम्मेवारी दिने तयारी गरेको छ ।