काठमाडौँ– भोलिदेखि देशभरका अदालत दसैंका लागि बन्द हुने भएको छ ।


ADVERTISEMENT


बुधवार यसवर्षको दसैंको पहिलो दिन (घटस्थापना) परेकाले भोलिदेखि देशभरका अदालतहरु दसैं अवधिका लागि बन्द हुने भएको हो ।


ADVERTISEMENT

# # #


सर्वोच्च अदालतका उपरजिस्ट्रार देवेन्द्र ढकालका अनुसार, २१ असोज देखि ३ कात्तिकसम्म अदालत बन्द रहनेछ ।

यद्यपि घटस्थापना, शनिबार र विजया दशमीको दिनबाहेकका अरु दिनमा बन्दी प्रत्यक्षीकरणको रिट सुनुवाइ गर्न विहान ११ देखि अपरान्ह ३ बजेसम्म अदालत खुला रहने उपरजिस्ट्रार ढकालले बताए ।

उनका अनुसार, दसैं विदाको अवधिमा पनि अदालतमा बन्दी प्रत्यक्षीकरणको रिटको भने सुनुवाइ हुनेछ । अन्य सरकारी कर्मचारीलाई घटस्थापनासमेत ६ दिन सार्वजनिक बिदा भएपनि अदालतमा भने १५ दिन बिदा हुने गर्छ ।