काठमाडौं– कोभिडका कारण प्रदेशमा काम गर्दै आएका युवाहरुले चाड पर्व मनाउनको लागि फर्कन नपाउँदाको पीडा समेटेर तयार पारिएको गीत ‘आइन पियारी’को म्युजिक भिडियो सार्वजनिक भएको छ।


ADVERTISEMENT


उक्त गीत गत शनिवार तीर्थ राज बिकको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो ।


ADVERTISEMENT

# # #


कुशल बिश्वकर्मा र बिष्णु परियारको युगल गायन गीतमा सुन्न सकिन्छ। गीतमा पृथलाल बिकको शब्द संगीत रहेको छ। कृष्ण पाण्डेले छायांकन गरेको भिडियोलाई जीवन सेन्चुरीले सम्पादन गरेका हुन्। म्युजिक भिडियोमा दिलिप रेग्मी, शिल्पा कार्की र सुशील महतको अभिनय रहेको छ।

दिलिप रेग्मीले निर्देशन गरेको भिडियोलाई ‘पृथलाल बिक’को आधिकारिक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।

भिडियो हेर्नुहोस् :