काठमाडौँ– डिशहोम इन्टरनेटले थप चार स्थानमा आफ्नो फाइबरनेट सेवा विस्तार गरेको छ ।


ADVERTISEMENT


देशका विभिन्न अधिकांश क्षेत्रमा आफ्नो सेवा सुचारु गरिसकेको डिशहोमले हाल कलैया, लाहान, भैरहवा र टौदहमा पनि आफ्नो सेवा विस्तार गरेको हो ।


ADVERTISEMENT

# # #


उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२० मा ईन्टरनेट सेवा सुरु गरेको डिशहोम कम्पनीले जनाएको छ । प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको डिशहामेले नेपालमा ७७ वटै जिल्लाका उपभोक्तालाई फाइबरनेट सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

यसअघि डिशहोमको इन्टरनेट सेवा नेपालका प्रमुख शहर काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, विरगंज ,धरान, जनकपूर, बिर्तामोड, ढल्केबर, बनेपा, धुलिखेल, पनौती, पोखरा र विराटनगर लगायतका अन्य स्थानमा पुगिसकेको छ । अब छिट्टै नेपालगञ्ज, धनगढी र नारायणघाटमा पनि सेवा सुचारु हुने कम्पनीका जानकारी बिक्रि प्रबन्धक मनोज शर्माले बताए ।

डिशहोमको फेस्टिभ अफ– ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’

डिशहोमले नजिकिदैँ गरेकोपर्वमा थप रंग भर्नाका लागि ग्राहकहरु माँझ एक आकर्षक योजना ल्याएको छ ।

नजिकिदैँ गरेको दशैँ–तिहार तथा छठलगायतका पर्वहरुलाई मध्यनजर गर्दै कम्पनीले “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना सञ्चालन गरेको हो । जसन्तर्गत डिशहोम फाईवरनेटको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न जान पाउने अवसर प्राप्त गर्नेछन् ।

असोज ११ गते देखि लागु हुने भनिएको उक्त योजनका विजेताहरुलाई लक्की ड्रमार्फत चयन भई स्पेन जाने चार भाग्यशाली विजेताहरु लक्की ड्र मार्फत चुनिने कम्पनीका जानकारी बिक्रि प्रबन्धक मनोज शर्माले बताए ।