काठमाडौँ – मेगा बैँकका ग्राहकले ल्याटीन ए.बी.एस सर्भिस सेन्टर प्रालिमा विशेष छुट पाउने भएका छन् ।


ADVERTISEMENT


जस अनुसार मेगा बैँकका ग्राहकका लागि मोटरसाइकल तथा स्कुटरको स्पेयर पार्टस्मा १५ प्रतिशत छुट र अन्य सेवामा १५ प्रतिशत छुट गरी समग्रमा ३० प्रतिशत छुटिसहितको सेवा उपलब्ध हुनेछ ।


ADVERTISEMENT

# # #


कम्पनीले मेघा बैकसँग एक वर्षको छुट सेवा सम्झौता गरी मोटरसाइकल तथा स्कुटर प्रयोगतकर्ताहरुलाई चाडपर्व सहजताका लागि विभिन्न योजनाहरु ल्याएको हो । कम्पनीले मेघा बैंकमा खाता नभएका दुई पांग्रे सवारी साधान चालकका लागि पनि सस्तो सेवा उपलब्ध गराउने सेवा सुविधा समेत प्रदान गर्नेछ ।

ल्याटीन ए.बी.एस सर्भिस सेन्टर प्रालिले चाडपर्वलाई लक्षित गर्दै आफ्ना सेवा सुरु गरेको छ । कम्पनीले काठमाडौंको कपन स्थित तेन्जिङचोकमा मोटरसाइकल तथा स्कुटर सवारी चालकहरुका लागि ३० प्रतिशत छुटसहितको सेवा सुरु गरेको छ ।