काठमाडौं – सरकारले आफूहरुको माग पुरा नभएको भन्दै यातायात व्यवसायीहरुले स्वघोषित रुपमा भाडा बढाएका छन् ।


ADVERTISEMENT


नेपाल सरकारले सार्वजनिक यातायातमा २८ प्रतिशत भाडा वृद्धिको निर्णय गरे पनि प्रदेश सरकारले उक्त दरलाई मान्यता नदिएको भन्दै आफुहरुले भाडा बढाएको सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका महासचिव भरत नेपालले जानकारी दिए।


ADVERTISEMENT

# # #


व्यवसायीहरुले सवारी साधनको नयाँ भाडादर तोकेपछि ट्राफिक प्रहरीले केहि सार्वजनिक सवारीसाधानलाई नियन्त्रणमा लिएको छ ।

व्यवसायीहरुले भने नयाँ लागु हुननदिए थप आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् । महासचिव नेपालले सबै कुराको भाग बढ्दा पनि यातायात भाडा नबढेकाले लागतका आधारमा भाडा बढाएको भन्दै भाडा बढाएकै आधारमा कारबाही भए कडा आन्दोलन गर्ने बताए ।

महासंघका पदाधिकारीहरु स्वघोषित रुपमा बढाइएको भाडा कार्यान्वयन गराउन चोक चोकमा समेत परिचालन भएका थिए । ट्राफिक महाशाखाले भने स्वघोषित रुपमा भाडा बढाउँदा यात्रुहरु मर्कामा परेको भन्दै केहि सवारीलाई नियन्त्रणमा लिएको जनाएको छ ।