काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई जीवन्त राख्न र कांग्रेसलाई सक्षम बनाउनका लागि आफू पार्टी नेतृत्वमा आउन चाहेको बताएका छन् ।


ADVERTISEMENT


शनिबार काठमाडौंमा १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं महानगरको अधिवेशन उद्घाटन गर्दै नेता सिंहले अहिलेको नेतृत्वकोकै कारण पार्टी कमजोर भएको भन्दै आगामी महाविधेशनबाट पार्टीलाई जीवन्त राख्न र कांग्रेसलाई सक्षम बनाउनका लागि आफु पार्टी नेतृत्वमा आउन चाहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले लोकतन्त्रलाई बलियो बनाउदै आम नेपालीले सोचेको मुलुक बनाउन आफु केन्द्रीय पार्टी सभापतिमा लड्न लागेको जानकारी दिए । नेता सिंहले उपत्यकाको समस्या भनेको आफ्नो ठाउँमा जन्मेको हुर्केको नेतालाई सानो देख्ने तर बाहिरबाट आएको नेतालाई ठूलो देख्ने रहेको गुनासो गरे । उनले आफू पार्टी नेतृत्वका लागि कुनै पनि आधारमा अयोग्य नभएको तर्क गरे ।

पार्टी नेतृत्वमा पुगेका नेताहरुले मुलुकको परिवर्तनमा असाधारण योगदान दिएपनि अव भने बिश्राम दिने बेला आएको उनको भनाई छ । उनले पार्टीलाई असफल बनाउने नेताहरुलाई अब दोहराउन नहुने धारणा राखे । नेता सिंहले महाविधेशनको प्रक्रिया सुरु भइरहेकाले क्रियाशिल सदस्यता विवादलाई टुङ्ग्याउनुपर्ने जिकिर गरे ।

काठमाडौंका ११ वटा नगरपालिका मध्ये १० वटामा शनिबार नगर अधिवेशन आयोजना गरिएको छ । दक्षिणकाली नगरपालिकामा वडाको अधिवेशन नै बाँकी रहेकाले अधिवेशन नभएको हो । काठमाडौं महानगरमा २० हजारभन्दा बढी क्रियाशील सदस्य छन् ।